FAQs Complain Problems

वडा नं. ७

वार्ड नं. ७, नन्देगडा
ऐतिहाँसिक दृष्टिकोणले नन्देगडा वडाकोे आफ्नै खालको महत्व र विशेषता रहेको छ । यो वडा जिल्लाको सदरमुकाम मंगलसेनवाट ७ कोष टाढा उत्तरमा अवस्थित छ । यो गाविस नेपालको एकिकरण अघि शाहवंशीय शासकहरु मध्येका बिम्कोटे राजाको शासन व्यवस्था भित्र रहेको तथा विम्कोटको केही अंश यस गाविसमा पर्दछ । शासनसत्तामा प्रभावित गर्न सहज हुने दृष्टिकोणले यस क्षेत्रका विन्धेवासिनी, हात्तिकोट, नन्देगडा तथा मष्टामाण्डौं गाविसमा आफ्नो उपश्थिति जनाउन यि चार वटै गाविसहरुको वासिन्दाका रुपमा आफुलाई चिनाउन सहयज हुने गरी विम्कोटलाई उल्लेखित सबै गाविसहरुले छुने गरी सिमाना निर्धारण गरिएको एकथरी भनाई छ । राणा कालमा सम्पन्न जनगणना १९६८ साल पश्चात अछाम जिल्लाका विभिन्न गाँउ वस्तिहरुलाई विभिन्न दराहरुमा विभाजन गर्ने क्रममा हालको षोडशा, ठाँटी,शोडषादेबी, कुस्कोट, बिन्धेवासिनी, हात्तीकोट, नन्देगडा, मष्टामाण्डौं र नवाठाना क्षेत्रलाई समेटी पन्ध्रबिस दरा (क्षेत्र) मा विभाजन गरीएको देखिन्छ । 
अर्को अर्थमा भन्दा नन्देगडा गाविस पनि तत्कालिन बिम्कोटको क्रिडास्थलका रुपमा लिईन्छ । समग्र जिल्लाको हिसावले पिछडीएको, तत्कालिन १५– २० क्षेत्र अझै नन्देगडा भनेपछि विम्कोटे राजाको ठाँउ, जनता सोझा, ठाँउ विकट भन्ने अर्थबाट बुझ्ने गरिन्थ्यो तथा स्वयं विम्कोटको केहीअंश  यसै गाविसमा पर्ने हुदा यहाँ जनाता माथि हुने शोषण अन्य गाविसको तुलनामा अत्याधिक मानिन्छ ।  
गाविसको भू– गोल क्षेत्र ठूलो भएतापनि साधन श्रोतको अभावका कारण यस गाविसले विकास निर्माणको हकमा धेरै उपलब्धि हाँसिल गर्न सकेको देखिदैन । विकास निर्माणका पूर्वाधारहरुको अभावमा जनस्तर, चेतनाकोस्तर, शिक्षा, स्वास्थ्य सबै विषयहरु प्रभावित भएको पाईन्छ । विकासको बाधकका रुपमा रहेको प्रमुख कारण भने तत्कालिन राज्य सत्ता अझै सामन्तवाद र भुरे टाकुरेराजाहरु नै  भएको देखिन्छ । आफू अनुकूल उपयोग गर्ने तथा सत्तामा स्वार्थशिद्ध भएपछि जनताबाट टाढा रहन खोज्ने प्रवृत्ति भने नौलो होईन । जिल्ला सदरमुकामबाट ९ कोषको दूरीमा रहेको यस गाविसमा सरकारी सेवा प्रवाहमा भने समस्या समस्या देखिएको छ । सोझासाझा जनता जसलाई अनुकूलतामा उपयोग गर्न सकिने राजनीतिक विश्लेषणका आधारमा त्यस ठाँउको मूल्याड्ढन गरिने चलन लामो समयसम्म कायम रहेको थियो । यस गाविसका जनतालाई राजनीतिक मितेरी लगाई आफु अनूकुल वनाई प्रभावमा राखि राख्न विकास भन्दा पनि टाउकेहरुसंगको मिलोमतोलाई बढि महत्व दिईन्थ्यो । २०३७ सालको जनमत संग्रह पछिको सम्पन्न २०३८ सालको आम निर्वाचन पछि अछाम जिल्लालाई ७५ गाउँ पञ्चायतमा विभाजन गरियो । 
यस गाविसमा क्षेत्री, दलित र बाह्मण जातिको बसोबास रहेको छ । क्षेत्री जातिमा साउद, बुढा, महर, खत्री र रावल रहेका रहेका छन् । त्यसैगरी दलितमा दमाई, भुल, लुहार आदि रहेका छन् भने बाह्मण जाति उपाध्याय र जोसी रहेका छन् । यस गाविसका ९० प्रतिशत मानिसहरुको मुख्य पेशा कृषि रहेको छ । रोजगारीको लागि भारत मुख्य गन्तव्य स्थलको रुपमा रहेको छ ।
यस गाविसको नाम कसरी रहन गयो भन्ने विषयमा कुनै ऐतिहासिक तथ्य भेटिदैन । यसको नामको विषयमा विभिन्न मतहरु रहेका पाईन्छ । एक थरीको मत अनुसार आज भन्दा करीव ३०० वर्ष पहिले अठाडे साविककोे वडा नं. ७ मा एक जना दलित (दमाई) थरका व्यक्तिको  घरमा नूनको अभाव भएपछि नूनको खोजीमा बुडाबाडा भन्ने ठाउँमा (साविकको वडा नं. ४) पुगे । त्यहाँ एक जना हुनेखाने बुढा थरका व्यक्तिको घरमा नून मागे तर त्यहाँ उनलाई सजिलै नून प्राप्त हुन भएन । चलाख ती व्यक्तिले नून प्राप्त गर्न एउटा जुक्ति निकाल्ने सोच बनाए । उनले नूनको समस्याबाट पार पाउन नून छर्ने (विउँ उमार्र्नेे) र त्यसबाट नून उत्पादन गर्ने त्यसको लागि बीउँको रुपमा केही नूनको आवश्यकता पर्ने कुरा बताए । सो कुराले ती बुढा दम्पतिमा लोभ लागि बीउँको लागि नून दिने सहमती जनाए । उक्त गडामा नून छर्ने काम सकिएपछि ती चलाख व्यक्तिले अव यो ठाउँमा एक हप्तासम्म कसैले पनि आँखाले हेर्न हुदैन हेरेपछि बिउँ उम्रिदैन भनी त्यहाँबाट गए र राती आई त्यहाँ भएको सबै नून टिपेर घरमा लगी केही आफूले र केही छिमेकीलाई समेत वितरण गरे ।  एक हप्तापछि नून  दिने बुढा दम्पति सो जमीनमा हेर्न जादा नून उम्रेको पनि देखेनन् र छरेको नून पनि भेटाएनन् । त्यसैबेला देखि नुन खाने गडोको नामबाट प्रसिद्धि कमाउदै नन्देगडा रहन गएको भत्रे किम्वदन्ति छ ।   
अर्को थरीको मत अनुसार धेरै पुरानो समयमा नन्दी साउँद नामकी एकजना देउडा गायिका थिईन । उनलाई देउडा गीतमा कसैले पनि जित्न नसक्ने भएकोले उनको प्रसिद्धि त्यसबेला निकै टाढासम्म फैलिएको थियो रे । उनीसंग देउडा खेल्न टाढाटाढा सम्मका मानिसहरु आउथे र हालको वडा नं. ४ मा रहेको फराकिलो गडा (सम्म ठाउँ) मा न्याउले (देउडा) खेल्ने गर्थे । त्यसरी न्याउले (देउडा) खेल्ने क्रममा नन्दीगडा रहन गयो र पछि अपभ्रंस हुदै नन्देगडा रहन गएको किम्वदन्ति रहेको छ । 
२०४६ को जनआन्दोलन पश्चात्त दमन, थिचोमिचो, निरंकुशता, तथा खोले टाकुरे सामन्तहरुको पञ्जाबाट मुक्त भएपछि  विगतको राजनीतिक अवस्थाको समिक्षा गर्दै अघि बढेको देखिन्छ । विम्कोटे राजा स्वयं यहि गाविसको भएको हुदा नन्देगडागाविस प्रजातन्त्रको स्थापना पछिसम्म पनि सामन्तवादबाट मुक्ति पाउन सकिरहेको अवस्था देखिएन । यहाँ सम्पन्न हुने चुनावहरु विम्कोटेको प्रभावमा हुने हुदा जनता गोप्य मतदानमा समेत प्रभावित हुनु परिस्थिति अनुसार नै मान्नु पर्दछ । तर पनि २०४९ र २०५४ मा सम्पन्न स्थानीय निकाय निर्वाचनमा यस गाविबाट एमालेका जोगी साँउद र प्रेम महर गाविसको अध्यक्ष पदमा निर्वाचित भए । स्थानीय निकायको निर्वाचानमा यस गाविसमा एकपछि अर्को गर्दै परिवर्तनको पक्षमा उभिएको छ । गाविसका अधिकांश वडाहरु परिवर्तनको पक्षमा उभिएको देखियो भने बाँकी वडाहरु यथास्थिति÷सामन्ती प्रभाव परेको पाईन्छ । २०६२÷०६३ को परिवर्तन पछि भने उक्त गाविसबाट समेत सामन्तवादको उन्मुलन भएको देखिन्छ । 
अझै २०६२÷०६३ को जनआन्दोलन पछि जनतामा राजनीतिक चेतनाकोस्तर माथि उठेको छ । गाविसमा (एमाले), नेपाली कांग्रेस, एनेकपा माओवादी र नेकपा माओवादी क्रमश सक्रिय देखिन्छन तापनि एमाले बाहेक अन्य राजनीतिक पार्टीहरुले अझै पनि जिल्लास्तरमा प्रतिनिधित्व गर्ने नेतृत्वको विकास गर्न सकिरहेको देखिदैन । 
यस वडा हाल मेल्लेख गाउँपालिका वार्ड नं. ७ मा अवस्थित छ । यहाँ साविक वार्ड नं. १ मा जन्मिएकी मिना साँउद हाल ने क पा नेतृ प्रदेश सभाको सदस्य छिन भने  मिति २०७४ अषाढ १४ गते सम्पन्न (झण्डै १५ बर्ष पछि सम्पन्न) स्थानीय तह निर्वाचनमा यस वडाबाट तत्कालिन नेकपा (एमाले)तथा वर्तमान नेकपाका सदस्य नरबहादुर साउद अन्य चार सदस्य सहित निर्वाचित भएका थिए सोही पार्टीबाट यहि वडा निवासी जमुना देवि दमाई गाउँ कार्यपालिका सदस्य समेत रहेकि छिन ।
सामाजिक आन्दोलनमा समेत यस वडा सक्रिय रहेको देखिन्छ । चाहे खुला दिशामुक्त वडाको सन्दर्भ होस वा पूर्ण खोपयुक्त, छाउपडि मुक्त, धुवा रहित गाविसको घोषणा होस महिला तथा पुरुषहरुको वा युवा, विद्यार्थि, शिक्षक, कर्मचारी, सामाजिक कार्यकर्ता सबै सक्रिय सहभागिता रहने गरेको छ । सरकारी सेवा सुविधाको प्राप्तिका लागि सदरमुकाम मंगलसेन जानुपर्ने बाध्यता विद्यमान छ । नुन बोकेर खानु पर्ने यात्राका दिनहरुको समाप्ति भएको छैन तापनि दिनहरुको समय र यात्रा मात्र छोटिएको छ । वर्षायाममा सडकको नियमित सञ्चालन हुन सकिरहेको छैन । यस क्षेत्रको जनप्रतिनिधि र ईलाका नं. ५ का राजनीतिक कार्यकर्ताको सक्रियतामा सडक यातायातका लागि राष्ट्रिय योजना आयोगले मष्टामाण्डौं शोडषा– ऋषिदहसम्मको पर्यटकीय सडकको निर्माण भईरहेको छ । यसै क्षेत्रको एमाले नेता कृष्णप्रसाद जैशी जिविसको सभापति हुदा निर्माण गरिएको २० वर्षे जिल्ला सडक गुरु योजना ९म्त्ःए० को मापदण्डमा दिगोपनाका लागि उक्त सडकलाई पनि समावेश गरी पर्यटकीय महत्वको वनाउने उद्देश्यले काम थालिएको छ । यस सडकले उक्त वडालाई शोडषा, विन्धेवासिनीको मुख्यस्थलको रुपमा विकास हुदै गएको छ । वर्दादेवी, नन्देगडा, विन्धेवासिनी, शोडषा सडकको समेत केन्द्र भागमा पर्ने यस गाविसको आगामी दिनहरु भने उज्जवल देखिन्छन । 
संचारका लागि वडाको हरेक क्षेत्रमा मोवाईल नेटवर्कले काम गरिरहेको छ । यस क्षेत्रका केही सामाजिक कार्यकर्ता तथा युवाको नेतृत्व र सक्रियतामा संचार, स्वास्थ्य सेवा (मातृ तथा बाल मृत्युदरमा कमी ल्याउन) द्यष्चतज ष्ल ऋभलतभच, उप– स्वास्थ्य चौकी तथा स्थानीय सरकारको प्रतिनिधि गाविसबाट सेवा सेवा प्रवाह भईरहेको छ । 
शिक्षा क्षेत्रमा भने विगतको भन्दा स्कुल जाने विद्यार्थीहरुको संख्यामा उल्लेख्य वृद्धि भएको छ । स्थानीय दुर्गादेवी प्राविको स्तरोन्नती र श्रेणि वृद्धि गरी माविसम्मको शिक्षा प्रदान गरिदै आएको छ  भने थप शिक्षाको लागि छिमेकी गाविस विन्धेवासिनी जाने गर्दछन् । तर वत्तिय कारोवारका लागि भने साँफे, वयालपाटा र मंगलसेन धाउनु पर्ने विगतको वाध्यता परम्पराको रुपमा स्थापित हुने पुगेको छ । 
२ भौगोलिक स्वरुप तथा भू– उपयोग
भू– वनावट ९न्भयनचबउजष्अब िक्तचगअतगचभ०स् 
यस वडा मेल्लेखबाट दक्षिणमा पर्दछ । यसको पूर्वमा शोडषादेवी तथा केहि भाग बान्निगढी जयगढ गापा, पश्चिम साफेवगर नगरपालिका वार्ड नं. ४र५, वार्ड नं. ५ विन्धेवासिनी र दक्षिणमा  बान्निगढी जयगढ गाउँपालिका यहाँका सिमानाहरु हुन । यस वडा समुन्द्रि सतह देखी जम्मा १६९६ मिटर उचाईमा अवस्थित छ । यस वडाको कार्यालय रहेको स्थान अक्षांस २९ण्१३ु४२.४ुु उत्तरी अक्षाँस देखि पूर्वी देशान्तर ८१ण्१६ु५५.३ू रहेको छ । भने गाविसको क्षेत्रफल २०.६३ वर्ग किलोमिटर रहेको छ । तत्कालिन शासकहरुले भू– गोलका हिसाबले यस वडालाई पन्ध्र विस समावेश गरेको भएतापनि उक्त वडा ईलाका नं. ५ को विकट र दूर्गममा पर्दछ । वडाको भू– गोल अधिकतम शोडषा वडाको वार्ड नं. १ सम्म सिमाना जोडिएको क्षेत्रको उचाई २३४० तथा गाज्रा वडासंग सिमाना जोडिएको वार्ड नं. ६ को हाचो भाग ९०० तथा विन्धेवासिनी वडासंग सिमान जोडिएको वार्ड नं. ८ को होचो भागको उचाई १०६० मिटर रहेको छ, समुन्द्री सतहबाट । वडामा पानीको टुक्रे श्रोतहरुको उपलब्धता भएतापनि साना– साना खोलाहरुको बाहुल्यता छ तापनि पर्याप्त श्रोतको अभाव छ । वनजंगल उपभोगको मात्रामा छ भने भएको वनजंगल पनि पनि केही दूरीमा पर्दछ । वडा क्षेत्रमा उपलब्ध जंगल र उपभोगका आधार तथा वडाको विभिन्न क्षेत्रको उचाईको विविधताले जंगल तथा पानीका श्रोतहरु प्रत्यक्ष प्रभावित भएको मानिन्छ । दक्षिण पूर्वमा पर्ने जंगल (वर्दादेवी शोडषाको सिमानासंग जोडिएको जंगलको क्षेत्र प्रयाप्त भएता पनि उक्त क्षेत्र वर्दादेवी वडाले बढीे उपभोगमा ल्याउने गरेको देखिन्छ) जहाँ कुकाठ प्रयाप्त मात्रामा उपलब्ध छ । नन्देगडा तथा वर्दादेवी वडामा हुने पिउने पानीका अभावको समाधान पनि यहाँको मुहान र पानिको श्रोत नै हो जसलाई छिपेखालाको मुहान पनि भनिन्छ । अर्कोतिर विन्धेवासिनीको सिमानासंग जोडिएको उक्त वडाको वडा नं. ८ को भू– भागबाट वग्ने विम्कोटी गाडको मुहान पनि नन्देगडा वडा नै हो तर यहाँको पानी पनि यस वडाको प्रयोजनमा कमै मात्रामा आएको देखिन्छ । चाहे सिंचाई, विद्युत वा अन्य कुनै प्रयोजन । यसरी पानीको श्रोतहरु वर्गिकृत हुदा विजुली उत्पादनमा भने कुनै खोला उपयोगी हुन सकेको छैन । वडामा भू– गोलका विविधताका आधारमा वनपैदावरमा पनि विविधता छ । सामान्य अर्थमा यस वडाको टोटीमुंग्रामा उपलब्ध हुने काठका वडा नं. ६ तथा ८ को भू– भागमा उपलब्ध छैन । होचो भागमा भने सालको काठ समेत उपलब्ध छ । वडाको मोहडा उत्तरतिर बढी ढल्केको छ तापनि केही भाग पुर्व तथा केही भाग दक्षिण्मा पनि पर्दछ । अग्लो हुदा वडाको माथिल्ला भागमा अर्थात नन्देगडा वजारसम्म हिंउ पर्दछ भने तल्लो भागहरु छिपेखालोका छेउ र विम्कोटी गाड नजिकका गाँउ खलागडासम्म हि उभने पुग्दैन । छिपेखोलाका छेउको भू– भागहरु भन्दा विम्कोटीगाडको सतहमा बढि चिसो हुन्छ । त्यसो हुनोले यस वडामा मिश्रित हावापानी पाईन्छ । समुन्द्रि सतहको उचाईको बढ्दो क्रमले मानवीय सभ्यतामा, संस्कृति तथा रहन सहन, लवाई खवाई तथा दैनिकि। ईलाका नं. ५ का अन्य वडाहरुको तुलनामा उक्त वडामा चिसो बढी हुन्छ । नन्देगडाबाहेक सबै वडाहरुको हावापानीमा एकरुपता प्रायः छ । अन्य ५ वडाहरुमा पाईने प्राय वनजंगल÷पैदावरमा विविधता छ । यसर्थ उक्त वडामा मिश्रित खालको हावापानी पाईन्छ । बलौटे माटोको बाहुल्यता रहेको वडाको उर्वरा शक्ति निम्नस्तरको मानिन्छ भने भू– गोल भिरालोपानमा आधारित छ । खेतहरुको संख्या न्यून भएतापनि पाखोबारीमा समेत धान रामै्र फल्दछ । धान, गहँु, कोदो, मकै, आलु, यस वडाका मुख्य वालि हुन । भौगोलिक सूचना प्रणाली ९न्क्ष्क्० का आधारमा नन्देगडा वडा को भू–उपयोग र वर्गिकरण श्रोत नक्शा नं. २ मा उल्लेख भए बमोजिम पाईएको छ । 
उक्त वडामा धार्मिक हिसाबले सबै हिन्दुहरुको मात्र वसोवास छ । यहाँ बाहुन, क्षेत्री र दलित (भट्टराई, तिमिल्सेना, साँउद, बुढा, खत्री, महर, विभिन्न दलितहरुको) वसोवास गर्दै आएका छन् । विभिन्न जातीहरुको विच परम्परा र संस्कृतिमा सामान्य मात्र विविधता छ । तर चाँड पर्वहरु भने अधिकतम साझा प्रकारका छन् । माघेसंक्रान्ति, विसु, होली, देउसी तथा भैलो आदि मुख्य चाँडका रुपमा लिईनछ भने नन्दगडा वजार नजिकै रहेको मैठामाण्डुमा मनाईने अनन्ते यहाँको प्रख्यात मेला हो । दिउसो यहाँ मष्टादेवताको थानमा पुजा आजा गर्ने गरिन्छ राती देउडा गित, खेल (केटाकेटी) लगाउने गरिन्छ– “डाँडामाथि मैठामाण्डु गैराउदो मौभेरी, म साईकि बाडुली लाउला दिनका नौ बेरी” प्रख्यात देउडा गित । जाती अनुसार संस्कृति र मान्यताहरुमा केही भिन्नता देखिएतापनि वडाका साझा संस्कृति, चाँड पर्व तथा समस्याहरुका लागि उक्त वडाका सबैमा एकजुट तथा मिलोमतोकासाथ समस्याको समाधान तथा साझा रुपमा समाधानका लागि एकतावद्ध भएको देख्न सकिन्छ । देवी देउताहरुमा गरी कालिका देवी, देउमाण्डु, वेताल, आदि पनि मुख्य भित्र नै पर्दछन । यहाँको विशेषता त के छ भने देउमाण्डुबाट देखिने ५००० मिटर अग्लो प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल मालिका तथा ऋषिदह वडा क्षेत्रमा पर्ने नन्दामाताको भू– गोल हेर्न लायक दृष्य भित्र पर्दछन । उक्त वडा अग्लो ठाँउमा अवस्थिति भएको हुदा जिल्लाको अधिकांश भू– भाग तथा वाजुरा, डोटी तथा वझाङ्घ जिल्लाको समेत केही भागहरु सहज हेर्न सकिन्छ । अझै धेरै ठाँउ र भू– भाग हेर्न वडाको अग्लो भाग चुलिकोटे राजाको नामबाट रहेको चुलिकोटबाट जिल्लाको अधिकांश भाग हेर्न सकिन्छ जुन पर्यटकीय दृष्टिकोणले उपयुक्त र महत्वको छ । 

वडाको उचाईकाको विविधताका आधारमा उक्त वडामा उपलब्ध हुने हावापानीको उपलब्धता र कारणहरुः 
१.    बेंसी क्षेत्रः अछाम जिल्लाका प्रमुख नदि र किनारमा पर्ने भू–गोल यस क्षेत्रमा समेटिएको छ । अछाम जिल्लाको परिबेशमा कर्णाली, बुढीगंगाका किनारको सबै क्षेत्रहरु यस भित्र पर्दछन भने कैलाश खोलाको केहि भागहरु तथा जिल्लाका अन्य होचो भागहरु पनि यसमा समावेश गरिएका छन् । यसको अधिकतम उचाई १२०० मिटर भन्दा कम हुन्छ । उचाई कम भएको हुदा यहाँ तापक्रममा पनि अन्य स्थानहरुमा भन्दा गर्मी बढि हुन्छ । ३०० सेण्टिग्रेड बढ्ने गरी गर्मी हुन्छ भने हिउदमा २०० सेण्टिग्रेड सम्म तापक्रम रहने गर्दछ । यस उचाईको अधिकतम क्षेत्रमा २००० मिलिमिटरसम्म पानि पर्दछ । 
२.    न्यानो समशितोष्ण हावापानीः समुन्द्री सतहदेखी १२०० देखि २१०० मिटरसम्मको उचाईमा उपलब्ध हुने हावापानी यस क्षेत्रमा पर्दछ । उचाईको वृद्धिका कारण वर्षायाममा २००० मिलिमिटरसम्म पानी पर्ने तथा अधिकतम तापक्रम १५०– २५० सेण्टिग्रेडसम्म यहाँको हुन्छ भने हिउमा ५०–१०० सेण्टिग्रेडसम्म तापक्रम रहने गर्दछ । यस प्रकारको हावापानीलाई उपयुक्त हावापानी मान्ने गरिन्छ । यस खालको हावापानी यस क्षेत्रका, शोडषा, विन्धेवासिनी, ठाँटी, कुस्कोट र ऋषिदह वडाको च्बलनभ मा उपलब्ध छ । 
३.    ठण्डा शितोष्ण हावापानीः यस खालको  हावापानी २१००– ३३०० मिटरसम्मको उचाई उपलब्ध हुने गर्दछ । यस उचाईको क्षेत्रमा गर्मीयाममा अधितम १५० सेण्टिग्रेडसम्म तापक्रम तथा हिउदमा ५० भन्दा कम तापक्रम उपलब्ध हुने गर्दछ भने वर्षयाममा १५०० मिलिमिटरसम्म वर्षा हुने गर्दछ । 
भू– उपयोग ९ीबलम ग्कभ०स् नन्देगडावडामा कूल क्षेत्रफलको ८०६०२५३ वर्ग मिटर क्षेत्रफल जमिन खेतीका लागि योग्य मानिन्छ । यस वडामा बलौटे माटोको बाहुल्यता छ । खेती योग्य जमिनको क्षेत्र प्रयाप्त छ तर अप्रयाप्त सिंचाईको सुविधा, परम्परागत कृषि प्रणाली अधिक कृषि उत्पादनको बाधक वनेको छ ।

वडा नं ७ को अन्तरसम्बन्ध ९क्ष्लतभच च्भबितष्यल०स् यस वडाको अन्तरसम्बन्ध निकटका वडढाहरु जस्तै, मष्टामाण्डौं, वर्दादेवी, कुस्कोट, शोडषा, विन्धेवासिनी वडाहरु हुन । उक्त वडाहरु मध्ये कतिपय वडाहरुसंग अन्तरसम्बन्धित, पारस्परिक सहयोगी, साझा वन, समान संस्कृति भएका गाविससंगै यस वडाको अस्तित्व पनि स्थापित भएको छ । 
 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
३७८०
Ward Contact Number: 
9861720224