FAQs Complain Problems

वडा नं. ४

वार्ड नं. ४, कुस्कोट
ऐतिहाँसिक पृष्ठभूमी ९ज्ष्कतयचष्अब िद्यबअपनचयगलम०स् ऐतिहाँसिक दृष्टिकोणले कुस्कोट गाविसको आफ्नै खालको विशेषता रहेको छ । यो वडा जिल्लाको सदरमुकाम मंगलसेनवाट ११ कोष टाढा उत्तरमा अवस्थित छ । यो वडा नेपालको एकिकरण अघि शाहवंशीय शासकहरु मध्येका बिम्कोटे राजाको शासन व्यवस्था भित्र रहेको थियो । राणा कालमा सम्पन्न जनगणना १९६८ साल पश्चात अछाम जिल्लालाई विभिन्न दराहरुमा विभाजन गर्ने क्रममा हालको        षोडशा, कुस्कोट, बिन्धेवासिनी, हात्तीकोट, नन्देगडा र नवाठाना, मष्टामाण्डौं क्षेत्रलाई “पन्ध्रबिस दरा” भनिन्थ्यो । 
पञ्चायतको कालको राजनीतिक परिवेशमा तत्कालिन विम्कोटे राजाहरुको क्रिडास्थल र समग्र जिल्लाको हिसावले पिछडिएको तत्कालिन १५– २० क्षेत्र अझै कुस्कोट भनेपछि जनता सोझा, ठाँउ विकट, गरिबी, अशिक्षा आदिलाई आधार मानि जनतासंग आफ्नो सम्बन्ध स्थापित गर्ने गरेको देखिन्छ । 
विगतमा कुस्कोट गाविस वर्तमानमा रहेको भौगोलिक वनावट भन्दा ठूलो रहेको बुझिन्छ । ठूलो गाविस भएपनि  साधन श्रोतको अभावका कारण गाविसले विकास निर्माणका हकमा धेरै उपलब्धि हाँसिल गर्न सकेको देखिदैन । विकास निर्माणका पूर्वाधारहरुको अभावमा जनस्तर, चेतनाकोस्तर, शिक्षा, स्वास्थ्य सबै विषयहरु प्रभावित हुने गर्दछन । विकासको बाधकका रुपमा रहेको प्रमुख कारण भने तत्कालिन राज्य सत्ता अझै सामन्तवाद र भुरे टाकुरेराजाहरु  भएको जननिश्कर्ष देखिन्छ । आफू अनुकूल उपयोग गर्ने तथा सत्ता प्राप्ति पछि स्वार्थशिद्ध पश्चात्त जनतालाई चिन्न छोडनु पञ्चायती प्रवृत्ति थियो । जिल्ला सदरमुकामबाट ११ कोषको दूरीमा रहेको यस गाविसमा सरकारी सेवा प्रवाहमा भने समस्या समस्या देखिएको छ । 
गाविसको नामाकरण सम्बन्धि विभिन्न तर्कहरु रहेतापनि परापुर्वकालमा साँउदहरु (भारतको कुसी) भन्ने ठाँउबाट आएका र त्यहाँबाट आईसकेपछि  हालको कुस्कोटमा “कुसीकोट” बस्ती बसाले । उक्त कुसीकोट विस्तारै अप्रभंस हुदै कुस्कोट नाममा परिणत भई अहिलेको कुस्कोट रहन गएको भन्ने भनाई छ । २०३७ सालको जनमत संग्रह पछिको सम्पन्न २०३८ सालको आम निर्वाचन पछि अछाम जिल्लालाई ७५ गाउँ पञ्चायतमा विभाजन गरियो । सरकारी नीति अनुसार कुस्कोट गाविसबाट २०३९ सालमा हात्तिकोट गाविसलाई अलग गरी क्षेत्रफल छोट्टयाउने काम भएको पाइएको छ । 
२०४६ को जनआन्दोलन पश्चात्त दमन, थिचोमिचो, निरंकुशता, तथा खोले टाकुरे सामन्तहरुको पञ्जाबाट मुक्त भएपछि  विगतको राजनीतिक अवस्थाको समिक्षा गर्दै अघि बढेको देखिन्छ । २०४९ र २०५४ मा सम्पन्न स्थानीय निकाय निर्वाचनमा यस गाविसमा गाविसबाट एमाले उम्मेदवारहरु विजयी वनेका देखिन्छ । केही वडाहरु कांग्रेस अधिकांश वडाहरु एमाले उम्मेदवारहरु विजयी वनेको देखिन्छ । २०६२÷०६३ को परिवर्तन पछि भने उक्त गाविसबाट समेत सामन्तवादको उन्मुलन भएको देखिन्छ । 
अझै २०६२÷०६३ को जनआन्दोलन पछि जनतामा राजनीतिक चेतनाकोस्तर माथि उठेको छ । गाविसमा नेकपा (एमाले), नेपाली कांग्रेस, एनेकपा माओवादी र नेकपा माओवादी क्रमश सक्रिय देखिन्छन तापनि केहि पार्टीहरुले अझै पनि जिल्लास्तरमा प्रतिनिधित्व गर्ने नेतृत्वको विकास गर्न सकिरहेको देखिदैन । 
यस वडा हाल मेल्लेख गाउँपालिका वार्ड नं. ३ मा अवस्थित छ । मिति २०७४ अषाढ १४ गते सम्पन्न (झण्डै १५ बर्ष पछि सम्पन्न) स्थानीय तह निर्वाचनमा यस वडाबाट तत्कालिन नेकपा (एमाले) तथा वर्तमान नेकपाका सदस्य विर बहादुर अन्य चार सदस्य सहित वडा अध्यक्षमा निर्वाचित भएका छन् भने सोही पार्टीबाट कमल देवी ताम्राकार गाउँ कार्यपालिका सदस्यका समेत छिन् भने हाल एकता प्रकृयाबाट निर्माण भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गाँउपालिका संगठन कमिटी अध्यक्ष र सचिव सचिव (क्रमश ज्वाला साँउद र नृप साँउद) यसै वडावासी हुन । 
सामाजिक आन्दोलनमा समेत यस वडा सक्रिय रहेको देखिन्छ । चाहे खुला दिशामुक्त वडाको सन्दर्भ होस वा पूर्ण खोपयुक्त, छाउपडि मुक्त, धुवा रहित गाविसको घोषणा होस महिला तथा पुरुषहरुको वा युवा, विद्यार्थि, शिक्षक, कर्मचारी, सामाजिक कार्यकर्ता सबै सक्रिय सहभागिता रहने गरेको छ । सरकारी सेवा सुविधाको प्राप्तिका लागि सदरमुकाम प्राय मंगलसेन जानुपर्ने बाध्यता विद्यमान छ । नुन बोकेर खानु पर्ने यात्राका दिनहरुको समाप्ति भएको छ । यस क्षेत्रको प्रतिनिधि तथा ईलाका नं. ४ का राजनीतिक कार्यकर्ताको सक्रियतामा सडक यातायातकालागि राष्ट्रिय योजना आयोगले मष्टामाण्डौं हुदै हत्तिकोट, कुस्कोट– कुस्कोट– ठाँटी– ऋषिदहसम्मको पर्यटन मार्ग (मालिका, नन्दामाता पर्यटकीयस्थल केन्द्रित) सडकको निर्माण कार्य भईरहेको छ । यसै क्षेत्रको एमाले नेता कृष्णप्रसाद जैशी जिविसको सभापति हुदा निर्माण गरिएको २० वर्षे जिल्ला सडक गुरु योजना ९म्त्ःए० को मापदण्डमा दिगोपनाका लागि उक्त सडकलाई पनि समावेश गरी पर्यटकीय महत्वको वनाउने उद्देश्यले काम थालिएको छ ।
संचारका लागि वडाको हरेक क्षेत्रमा मोवाईल नेटवर्कले काम गरिरहेको छ र यहि गाविसमा विभिन्न लेटवर्कका केही संख्यामा टावरहरुको पनि निर्माण गरिएका छ । भने स्वास्थ्य सेवा मातृ तथा बाल मृत्युदरमा कमी ल्याउन सरकारी योजना अनुसार उप–स्वास्थ्य चौकी र गाविसले आफ्नो पहलमा द्यष्चतज ष्ल ऋभलतभच को स्थापना भएको छ भने भवन निर्माण कार्य आर्थिक अभावका कारण सम्पन्न हुन सकेका छैन्न । साथै २०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा तत्कालिन नेकपा (एमाले) र माओवादी केन्द्र तथा हाल नेकपाको प्रतिवद्धता अनुरुप सरानी हुदै कुयडा– ठाटीसम्म सडक निर्माणमा नेकपामा आवद्ध गाउँ कार्यपालिका, पूर्व जिविस सभापति कृष्णप्रसाद जैशी, मेल्लेख गाउँपालिका ईञ्चार्ज हिरण्ड भट्टराईको सक्रियतामा सडक सञ्जालमा समेत जोडिएको छ भने कुयडामा बर्थिङ्ग सेन्टर स्थापना गरएको छ । साधन श्रोतको अभावका कारण पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । यहाँ बालबालिका शिक्षार्जनका लागि १० कक्षासम्म स्थानीय नागमाण्डौंमा मावि स्थापना गरी अध्यापन गराईन्छ र उच्च शिक्षाका लागि छिमेकी वडाको मेल्लेखमा जाने गर्दछन । 
२ भौगोलिक स्वरुप तथा भू– उपयोग
भू– वनोट ९न्भयनचबउजष्अब िक्तचगअतगचभ०स् यस वडा मेल्लेखबाट उत्तरमा पर्दछ । यस ३ नं. वडा कुस्कोट पूर्वमा ठाँटी, पश्चिममा साँफेवगर नगरपालिका, उत्तरमा बाजुरा र दक्षिणमा वार्ड नं. ५ विन्धेवासिनी रहेका छन । यस वडा समुन्द्रि सतह देखी जम्मा १४३३ मिटर उचाईमा मात्र अवस्थित छ भने अक्षाँंस २९ण्१६ु२८.८ुु उत्तरी अक्षाँस देखि पूर्वी देशान्तर ८१ण्१६ु३३.३ू सम्म रहेको छ भने गाविसको क्षेत्रफल १८.२७ वर्ग किलोमिटर रहेको छ ।
भएको हुदा यस ईलाका नं. ४ का अन्य वडाहरुको तुलनामा यस वडामा पनि हावापानीमा केहि विविधता भेटिन्छ । वडाको अधिकतमक उचाई २१८०– २२०० सम्म ठाँटी वडासम्म सिमाना जोडिएका कुस्कोट वडा २ को केही अग्ला भागहरु पर्दछन् भने र न्यूनतम ७२०– ७६० मिटर उत्तरमा वाजुरा जिल्लासंग सिमाना जोडिएका तथा बुढिगंगा नदिको छेउमा पर्ने कुस्कोट वडाको भूगोलको भाग पर्दछ अर्थात यसलाई बुढिगंगा नदिको बहाव क्षेत्रको उचाई पनि भन्न सकिन्छ । उचाईको क्रमसंगै आउने विविधताले वडामा मिश्रित खालको हावापानी पाईन्छ । वडा उत्तर– पश्चिम मोहडामा रहेको छ । 
धरातलीय ढालको अवस्था र मोहडाको कारण यस वडाले एक अनौठो बैज्ञानिक मान्यता स्थापित गरेको छ । एउटै वडामा तीन पटकसम्म सूय उदाउने र अस्ताउने गरेको छ । विहान सुर्य उदाएको केहि समयपछि ओडगाँउको डाँडाको छायाले सेलगाँउमा सूर्य अस्ताउनु, ओडगाँउ नजिक सूर्य रहदा फेरी गोलाटको डाँडाले सेलगाँउमा छाया पर्नु र अन्तमा पश्चिम क्षेत्रबाट घाम लाग्ने र बेलुकाको समय भएको हुदा फेरी सूर्य अस्ताउने भएको हुदा यस गाँउलाई तीन सुर्जे गाँउ (दिनमा तीन पटकसम्म सूर्यको उदाउने र अस्ताउने कामबाट प्रभावित गाँउ) पनि भन्दछन् । वडा क्षेत्रफलको दृष्टिकोणले मध्यम खालको देखिएतापनि भौगोलिक विकटताका कारण यस वडालाई मुख्य गाँउहरुका आधारमा वडा वर्गिकरण भएको देखिन्छ जस्ले त्यो क्षेत्र भन्ने जनाउदछ । कुयडा, तोलिपाट, ओडगाँउ, सेलगाँउ, रिठातोली, मनकालि, राफा, गोलाघाट आदि यस वडाका मुख्य गाँउ तथा वस्तिहरु पर्दछन् । तथा वारि, पारी तथा परि (वारि– ओडगाँउ, सेलगाँउ– रिठातोली तथा पारी– कुयडा क्षेत्र) जनाउने भाषामा पनि गाँउको सांकेतिक नामका आधारमा उच्चारण गर्ने गरिन्छ । जङ्गलको क्षेत्रको उपलब्ध छ तापनि एकरुपता र एकै नासको जङ्घल भने छैन । बुट्टययन क्षेत्र, कुकाठको बाहुल्यता छ भने बुढिगंगा नदिको छेउ तथा सरानीगाड ( कुयडाको) होचो भागमा सालको उपलब्धता छ । खेत रोप्ने, करेसावारी प्रयोजनमा स्थानीय खोला, मुहान तथा सरानीगाड सहयोगी देखिन्छन । सरानीगाड खोलाबाट वडामा विद्युत प्रयोजनको लागि ३० किलोवाट उत्पादनको क्षमता निर्माण गरिएको भएतापनि सरकारी अनुदान भने २७ किलोवाट वराबरको मात्र उपलब्ध भएको छ । कडा मेहनेत, अथक प्रयासबाट विद्युत उत्पादन गरिएको छ जस्बाट यस वडाका गाँउ वस्तिहरु विद्युत उपभोग गर्न सफल भएका छन् । 
कुस्कोट वडाको उत्तरी क्षेबाट वग्ने बुढिगंगा नदीकबाट उत्पादन हुने २० मेगावट क्षेमताको ःज् लाई राष्ट्रिय गौरबको योजनामा समावेश गराई कुवेत र साउदी कोषबाट निर्माण हुने गरी यस क्षेत्रको नेतृत्व, पूर्व गृह मन्त्रि तथा एमाले केन्द्रिय सदस्य भीम रावल, पूर्व सभाषद् माननीय शेरबहादुर कुँवर र, पूर्व जिविस सभापति कृष्णप्रसाद जैशी लगायतको सक्रियतामा २० मेगावाट क्षमताको विद्युत उत्पादन कार्य शुरु प्रकृयामा छ जस्को मुख्यस्थल कुस्कोट वडाको ५ र ६ नं. वडामा पर्दछ । 
समुन्द्रि सतहको उचाईको बढ्दो क्रमले मानवीय सभ्यतामा समेत फरक र जिवनशैलीमा भिन्नता संस्कृतिमा विविधता ल्याउने गर्दछ । यस वडामा उपलब्ध हुने सेवा र सुविधा तथा राज्यको पहँच भन्दा टाढा नभएतापनि श्रोत विभाजनमा भने सदरमुकाम वरीपरि फरक र भेदभाव गरेको अनुभूती हुन्छ ।
यस ईलाका नं. ४ का अन्य वडाहरुको तुलनामा उक्त वडामा पनि हावापानीमा केही भिन्नता भेन्छि । उचाईको बुटीगंगा नदिको किनारमा रहेको वडाका बुढावगरमा निकै गमी हुन्छ भने सोही वडाको पाँती तथा अझै गांज्रामा निकै चिसो हुन्छ । अन्य ५ वडामा पाईने वनजंगलका केहि अंशहरु यस वडामा पनि उपलब्ध हुन्छ । उत्तरमा साल, सल्ला तथा दक्षिणमा कुकाठ चरित्रको जंगलको उपलब्धता छ । यहाँका जनताहरु दाउरा, स्याउला, घाँस, काठ तथा कुकाठ यहाँ उपलब्ध जंगलबाट स्थानीय आवश्यकता पूर्ती गर्ने गरका छन् । भौगोलिक सूचना प्रणाली ९न्क्ष्क्० का आधारमा कुस्कोट वडाको भूगोललाई केलाउदा यहाँ ीभखभ ित्भचचबअभक ष्ल ज्ष्िि क्यिउभ ऋगतिष्खबतष्यल, क्यिउउष्लन त्भचचबअभक ष्ल जष्ििकयिउभ ऋगतिष्खबतष्यल, न्चबककबिलमक बलम ब्दबलमयलभम गरी पाँच भागमा यहाँको भूमी तथा जंगलको उपश्थितिलाई विश्लेषण गर्न सकिन्छ । उक्त वडाको भू– गोल धान, गहुँ कोदो, तोरी, तथा माथिल्लो उचाईमा मकै, जौ, आलु आदि उत्पादनका लागि महत्वपूर्ण मानिन्छ । 
यस वडामा भट्टराई, साँउद, शाह, रावल, नायक, दलित आदि जातीको बसोबास छ । अन्य जातीको तुलनामा साँउद जातीको संख्या बढी देखिन्छ तापनि यहाँ सबै जात जाती मिलेर साझा कामको लागि जुटछन्, सबै मिलेर सार्वजनिक समस्याहरुको समाधानका लागि पहल गर्ने गर्दछन ।  सांस्कृति जाती पिच्छे फरक हुने भएतापनि परम्परागत मनाईदै आएका स्थानीय चाँडपर्वहरुमा सबैको सहभागिता रहन्छ । आ–आफना कुलदेउताको पुजा गर्दछन मान्ने र सोहीको पुजा गर्ने चलन यस वडामा पनि छ । 
उक्त वडाका अछामकै प्रमुख मेला लाग्ने गर्दछः चैतलो, सेलगाँउको चैतालो । “पर्खिरनु संगै जाँउली सेलगाँउका चैतला, भाक्या ह¥या मेराईजन मिलाया पैतला” । प्रख्यात गित, ठाँउ विशोषमा आधारित । चैत्र महिनाको अन्तिम दिनमा, क्षेत्र भरीकै बासिन्दाहरु आई लिंगमाण्डुमा भेला हुने र परम्परादेखि गर्दै आएको प्रकृया पु¥याई मेला लाग्ने गर्दछ, भारी खेल, न्याउले खेल, देउडा खेल आदि यस जात्राका (छोटोमा) विशेषता हुन ।
१.    बेंसी क्षेत्रः अछाम जिल्लाका प्रमुख नदि र किनारमा पर्ने भू–गोल यस क्षेत्रमा समेटिएको हुन्छ । अछाम जिल्लाको परिबेशमा कर्णाली, बुढीगंगाका किनारको सबै क्षेत्र यस भित्र पर्दछ भने वस्ति तथा कैलाश खोलको केहि भागहरु पनि यसमा समावेश गरिएका छन् । यसको अकितम उचाई १२०० मिटर भन्दा कम हुन्छ । 
२.    उष्ण मौसमी हावापानीः समुन्द्री सतहदेखी १२०० मिटर सम्मको उचाईमा उपलब्ध हुने हावापानी यस वडामा उपब्ध । कम उचाईका कारण ग्रिष्मऋतुमा यहाँको तापक्रम ३०० से. भन्दा बढी हुने गर्दछ भने हिउदमा २०० सेन्टिीग्रेडसम्म यस वडाको तापक्रम रहने गरेको छ । यस वडाको भू– गोलको उचाई अनुसार मनसुनि वायुको प्रभावले करिब २००० मिलिमिटरसम्म वर्षा  भएको पाईन्छ । 
३.    न्यानो समशितोष्ण हावापानीः यस खालको  हावापानी १२०० मिटर भन्दा माथिको उचईमा पाईने भएको हुदा वडाको वडा नं. २ को माथिल्लो भागमा यस प्रकारको हावापानी पाईन्छ । यस उचाईमा सरदर ५०– १०० सम्म तापक्रम हुने र मनसुनि वायुको प्रभावले करिब २००० मिलिमिटरसम्म वर्षा  भएको पाईन्छ । 
भू– उपयोग ९ीबलम ग्कभ० कूल क्षेक्रफलको ७९३४८१५ वर्ग मिटर क्षेत्रफल रहेको जम्मा खेतीका लागि योग्य मानिन्छ कुस्कोट वडाको जमिन । खेती योग्य जमिनको क्षेत्र प्रयाप्त छ । सरानीगाड तथा स्थानीय पानीका श्रोतहरुबाटयहाँका जमिन सिंचित हुने गर्दछ । तर पनि यस वडामा खेतहरुको तुलनामा पाखो निकै बढी छ । खेतका अभावमा धनाको उत्पादनको पूर्ती पाखोबाट भएको छ । बलौटे तथा पांगो माटो गरी मिश्रित खालको माटो उपलब्ध छ । पांगो माटो उपलब्ध भएतापनि यसको क्षेत्र अति कम भएको हुदा वलौटे माटोको जर्वजस्त प्रभाव देखिन्छ र तातो भन्दा बढी भाग चिसो क्षेत्रले ओगटेको यस वडाको भू– भागमा धान, गहँुका अतिरिक्त मकै, कोदो, तरकारी काउली, बन्दा, आलु, फलफूलमा सुन्तला, आँप फल्न सक्ने योग्य माटो उपलब्ध छ ।
वडा नं ४ को अन्तरसम्बन्ध ९क्ष्लतभच च्भबितष्यल०स् यस वडाको अन्तरसम्बन्ध निकटका वडाहरु जस्तै, विन्धेवासिनी, नन्देगडगा, हत्तिकोट, शोडषा, ठाँटी, बाब्ला, बाजुरा जिल्लाको तोली सम्म तथा बा¥हविस वडा र अछामको बाब्ला वडासंग ठुलो सञ्जाल छ अन्तरसम्बन्धको ालगि । यि वडाहरु उक्त वडाका अन्तरसम्बन्धित, पारस्परिक सहयोगी, कतिपय गाविस साझा वन, समान संस्कृति भएका गाविसहरु हुन ।

Population: 
४७५४
Ward Contact Number: 
9848678151